वैद्य समूहले भित्र्यायो इटालियन मोटरसाइकल ‘मोर्बिडेली’

हिमाल प्रेस ८ चैत २०८२ २०:२५ | Sunday, March 22, 2026
2
SHARE
वैद्य समूहले भित्र्यायो इटालियन मोटरसाइकल ‘मोर्बिडेली’

काठमाडौँ- नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन मोटरसाइकल ब्रान्ड मोर्बिडेली भित्र्याएको छ।

चारपांग्रेतर्फ टोयोटाको सफल बजरा व्यवस्थापनपछि यो समूहले पछिल्लो समय दुईपांग्रे बजारमा पनि विस्तार बढाएको हो।

यसअघि प्रिमियर इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ लाई नेपाली बजारमा भित्र्याएर उल्लेख्य सफलता पाएको यो समूहले सोही विरासतलाई निरन्तरता दिन मोर्बिडेलीलाई नेपाल ल्याएको जनाएको छ।

मोर्बिडेली आफ्नो डिजाइन शक्तिशाली इन्जिन र रेसिङका लागि विश्वभर परिचित छ। नेपाली युवा तथा मोटरसाइकल पारखीहरूलाई लक्षित गर्दै यो ब्रान्डले उच्चस्तरीय ‘राइडिङ अनुभव’ प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

निकट भविष्यमा मोर्बिडेलीका विभिन्न मोडेलहरू सार्वजनिक गरी देशभर सेवा पु¥याउन सञ्जाल विस्तार गरिने कम्पनीको भनाइ छ।

मोर्बिडेली विश्वव्यापी रूपमा किवे ग्रुपअन्तर्गत सञ्चालन हुने ब्रान्ड हो। यस ग्रुपले बेनेली, मोर्बिडेली र बेन्डाजस्ता प्रख्यात अन्तर्राष्ट्रिय मोटरसाइल ब्रान्डहरू उत्पादन गर्दै आएको छ।

प्रकाशित: ८ चैत २०८२ २०:२५ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast