पोखरा– पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा एमालेले देशभर आन्दोलन चर्काएको छ।
कास्कीमा पनि नेकपा एमाले कास्कीले विरोध प्रदर्शनसहित कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ।
पार्टीका जिल्ला अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष उक्त विरोधपत्र बुझाएका हुन्। त्यसअघि, एमालेले पोखरा–७, वाई चोकदेखि राष्ट्र बैंक चोक हुँदै सहिदचोकसम्म ‘प्रतिशोधपूर्ण गिरफ्तारी’ भन्दै नाराबाजीसहित प्रदर्शन गरेका थिए।
विरोध प्रदर्शनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति भए पनि विद्यार्थी नेता तथा युवा पंक्तिको उपस्थिति नगन्य थियो।
प्रकाशित: १५ चैत २०८२ १५:०१ | Sunday, March 29, 2026
प्रतिक्रिया




