निर्वाचनको समीक्षा पठाउन मातहत कमिटीलाई एमालेको निर्देशन

हिमाल प्रेस ९ चैत २०८२ १९:३४ | Monday, March 23, 2026
24
SHARES
निर्वाचनको समीक्षा पठाउन मातहत कमिटीलाई एमालेको निर्देशन नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा (एमाले) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।

एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। तल्ला कमिटीबाट आएका सुझावका आधारमा केन्द्रमा पनि बैठक बसेर निर्वाचनको समीक्षा गरिने उनले बताए।

उनका अनुसार एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउनेसमेत तयारी गरेको छ।

प्रकाशित: ९ चैत २०८२ १९:३४ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast