काठमाडौँ- रौतहटमा लुटपाट गर्न खोज्ने दुईलाई नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाटगएराति गढीमाई नै बस्ने २१ वर्षीय सोमन कुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन्। उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेश सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको हो।
प्रकाशित: १९ फागुन २०८२ ११:१४ | Tuesday, March 3, 2026
प्रतिक्रिया





