पुरानो रिसइबीको निहुँमा कैलालीमा होलीकै दिन दुई समूहबीच झडप, दुई प्रहरी समेत घाइते

हिमाल प्रेस २० फागुन २०८२ ६:१९ | Wednesday, March 4, 2026
20
SHARES
पुरानो रिसइबीको निहुँमा कैलालीमा होलीकै दिन दुई समूहबीच झडप, दुई प्रहरी समेत घाइते

काठमाडौँ- होलीको निहुँमा कैलालीको धनगढीमा दुई समूहबीच मंगलबार साँझ झडप भएको छ। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरीसमेत घाइते भएका छन्। इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउद घाइते भएका हुन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। झडपमा संलग्न १२ जनालाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए। झडपमा संलग्न कालुराना थारुसहित अन्य व्यक्ति पनि घाइते भएका छन्। झडप सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

झडपका क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ। होली मनाउने क्रममा दुई टोलका युवाबीच पुरानो रिसइबीको निहुँमा झडप भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २० फागुन २०८२ ६:१९ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast