पोखरामा महिलालाई यौनकार्यमा लगाउने दुई जना पक्राउ

हिमाल प्रेस ३ चैत २०८२ २०:५७ | Tuesday, March 17, 2026
16
SHARES
पोखरामा महिलालाई यौनकार्यमा लगाउने दुई जना पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीले मानव बेचबिखन तथा ओसारपसारमासम्बन्धी कसूरमा दुई जनालाई पक्राउ गरेको छ। साथै चार जना युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

गत १ चैत दिउँसो करिब साढे ४ बजेको समयमा पोखरा–८, जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीको अनुसन्धानमा ती खाजाघरहरुमा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर काम लगाइने र केही समयपछि त्यहाँ आउने पुरुषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको भेटिएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा –१, बगर बस्ने २८ वर्षीय खेमु थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए।

प्रकाशित: ३ चैत २०८२ २०:५७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast