ट्रम्पको दाबी : इरान सम्झौता गर्न आतुर छ

हिमाल प्रेस ११ चैत २०८२ १५:१९ | Wednesday, March 25, 2026
22
SHARES
ट्रम्पको दाबी : इरान सम्झौता गर्न आतुर छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइल तस्बिर : रोबर्टो श्मिट/गेटी इमेज/एएफपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारहरू अमेरिकालाई तेल र ग्याससँग सम्बन्धित एउटा ‘महत्वपूर्ण उपहार’ दिएको दाबी गरेका छन्।

इरानी वार्ताकारले स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित ‘महत्वपूर्ण उपहार’ अमेरिकालाई दिएको ट्रम्पले दाबी गरेका हुन्।

यद्यपि उनले त्यो उपहारबारे थप जानकारी दिएका छैनन्।

ट्रम्पले यस उपहारका कारण आफ्नो प्रशासनले सही मानिसहरूसँग कुराकानी गरिरहेको महसुस भएको बताएका छन्। ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गरेको बीबीसीले जनाएको छ।

यसबाहेक उनले इरानी वार्ताकारहरू अमेरिकासँग ‘सम्झौता गर्न आतुर’ रहेको पनि बताएका छन्।

यता पाकिस्तानले इरानले अमेरिकाबाट युद्धविराम प्रस्ताव गरेको दाबी गरेको छ। इरानले अमेरिकाबाट युद्धविरामसम्बन्धी १५ बुँदे प्रस्ताव प्राप्त गरेको पाकिस्तानका अधिकारीहरूले दाबी गरेका हुन्।

इरानले भने अमेरिकासँग कुनै संवाद नभएको दोहोर्‍याउँदै आएको छ। बुधबार इरानका एक सैन्य प्रवक्ताले अमेरिकी कूटनीतिक प्रयासप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया जनाउँदै तेहरान आफ्नो अडानमा दृढ रहेको बताएका छन्।

यस घटनाक्रमले एकातर्फ शान्ति प्रयास अघि बढिरहेको संकेत गरिरहे पनि अर्कोतर्फ दुवै पक्षबीचको अविश्वास कायमै रहेको देखाएको छ।

प्रकाशित: ११ चैत २०८२ १५:१९ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast