काठमाडौँ- चैतको आज दोस्रो शनिबार। विगत केही समयदेखि हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूलाई समेट्दै आइरहेका छाैँ। जुन आम मानिसका लागि बिदाको दिनको सदुपयोग गर्ने र केही सिक्ने मौका मिल्न सक्छ।
यो साता उपत्यकाका नेपालीसहित विदेशी फिल्म र थिएटरमा एक नाटक चलिरहेको छ।
मण्डला थिएटरमा ‘चरणदास चोर’
थापागाउँस्थित मण्डला थिएटरमा फागुन २८ देखि नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ। मिलन कार्कीको निर्देशनमा बनेको नाटकका लेखक भारतीय नाटककार हबीब तनबीर हुन्। नाटकको नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन्। सामाजिक व्यंग्यात्मक नाटकमा उक चलाख तर इमान्दार चोरको कथा प्रस्तुत गरिएको छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो एक बजे र साँझ सवा पाँच बजे।
चरणदास नामक चोर एक आध्यात्मिक गुरुसँग भेटेपछि सधैँ सत्य बोल्ने प्रतिज्ञा गर्छ र आफ्नो बाँचा पालना गर्ने क्रममा उ विभिन्न नैतिक द्वन्द्वको परिस्थितिमा फस्छ। त्यही परिवन्धमा परेको चरणदासमार्फत नाटकले समाजका मानिसले गर्ने भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई हास्य र लोकशैलीको संगीतमार्फत हास्य शैलीमा प्रस्तुत गरिएको छ।
नाटकमा विश्वराज विक, विनय पन्त, विनिता गिरी, रिजन थिङ लामा, अनुष्का कार्की, प्रबल जोशी, जितन राई, मणिराज घले, सक्षम कोइरालालगायत कलाकारले अभिनय गरेका छन्। नाटकका सबै पात्र मण्डला थिएटर ल्याब १८ औं ब्याचका विद्यार्थी हुन्।
नयाँ फिल्म आए पनि हलमा ‘धुरन्धर २’ कै दबदबा
हामी तीन भाइ
चैत १३ देखि हलमा फिल्म ‘हामी तिन भाइ’ प्रदर्शन भइरहेको छ। सामाजिक कथामा आधारित फिल्ममा तीन दाजुभाइको मित्रता र सम्बन्धमा आउने मनमुटावलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन्। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई लगायत कलाकारले अभिनय गरेका छन्।
क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ३ सो छ।
आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
दे विल किल यु
अंग्रजी फिल्म ‘दे विल किल यु’ चैत १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन हरर र कमेडी जनरामा बनेको छ। किरिल सोकोलोभले निर्देशन गरेको फिल्ममा जाजी बिट्ज, माइहाला, प्याटरसन जोसेफ, टम फेल्टनलगायत कलाकारले अभिनय गरेका छन्।
क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म चलिरहेको छ।
धुरन्धर : द रेभेन्ज
बलिउड फिल्म ‘धुरन्धर : द रेभेन्ज’ चैत ५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आदित्य धर हुन्।
फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। उनीसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा अघिल्लो भागलाई निरन्तरता दिँदै एक हिन्दुस्तानीको पाकिस्तानी ग्याङस्टासँगको बदलाको कथा देखाइएको छ। भारतीय जासुसको रुपमा पाकिस्तान पुगेका एक पात्रको संघर्ष, उसले भोग्ने चुनौतीलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ।
यो साता पनि नेपालका सबै हलमा ‘धुरन्धर : द रेभेन्ज’ कै दबदबा छ। क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर,दरबार सिनेम्याक्समा फिल्मको ६१ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा फिल्मको १६ सो र आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मलमा फिल्मको १८ र सहित चलिरहेको छ।
त्यस्तै, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको १०/१० सो छ। बिएसआर मुभिज ६ र कीर्तिपुर सिनेप्लेक्समा ६/६ सोसहित प्रदर्शनरत छ।
प्रोजेक्ट हेल मेरी
गत चैत ६ देखि नेपालमा हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ प्रदर्शन भइरहेको छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मले हलमा न्यून सोसहित चलिरहेको छ। फिल्मका निर्देशक फिल लर्ड क्रिस्टोफर मिलर हुन्। फिल्ममा रायन गोस्लिङ्ग, मिलाना वेनट्रब, सान्ड्रा हलरलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।




