यस वर्ष शासकीय सुधारमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री बालेन

हिमाल प्रेस १७ चैत २०८२ ६:५१ | Tuesday, March 31, 2026
30
SHARES
यस वर्ष शासकीय सुधारमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री बालेन

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए। “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने। छलफलमा प्रधानमन्त्री शाहले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचित सांसद मल्ल प्रधानमन्त्रीसँगको छलफल आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा केन्द्रित रहेको राससलाई जानकारी दिए। छलफलमा सहभागी सांसदहरूले आगामी वर्षको बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दिन, प्रदेशको शासकीय सुधार तथा भौतिक पूर्वाधार निर्माणलगायत बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

“जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुन पूर्व तयारी, कर्णाली, भेरी, राप्तीलगायत विभिन्न सडक करिडोर तथा मध्यपहाडी, मदनभण्डारी, लुम्बिनी–रारालगायत लोकमार्ग तथा सडक पूर्वाधार, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम खानी अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन, शिक्षा क्षेत्रका प्राथमिकताबारे प्रधानमन्त्रीसँग कुरा राखेका छौँ”, सांसद मल्लले भने ।

छलफलमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी थिए।

प्रकाशित: १७ चैत २०८२ ६:५१ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast