यस्तो छ रास्वपाको आजको प्रशिक्षणको कार्यसूची, यी हुन् प्रशिक्षक

हिमाल प्रेस ३ चैत २०८२ ९:४५ | Tuesday, March 17, 2026
24
SHARES
यस्तो छ रास्वपाको आजको प्रशिक्षणको कार्यसूची, यी हुन् प्रशिक्षक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार हुने कार्यक्रमको तालिका सार्वजनिक भएको छ । दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ ।

रास्वपाले औपचारिक पोशाकमा उपस्थित हुन् निर्देशन दिएको छ । कार्यक्रमको सञ्चालन सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् । कार्यक्रमको उद्घाटन राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली, स्वागत मन्तव्यपछि कार्यक्रमको औपचारिक उद्घाटन पार्टी नेतृत्वले घण्टी बजाएर गर्नेछन् । बिहान ११ बजेर १० मिनेटमा डा। अरनिको पाँडेले कार्यक्रकको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नेछन् । उनको सम्बोधन पाँच मिनेटको हुनेछ ।
उद्घाटन समारोहमा प्रमुख मन्तव्य पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले राख्नेछन् । उनलाई १५ मिनेट समय दिइएको छ । अर्को १५ मिनेटको समयमा उपसभापति डोलप्रसाद आर्यालले उद्घाटन मन्तव्यसँगै चुनावी अभियानको नेतृत्वको अनुभव सुनाउँदै केही महत्त्वपूर्ण निर्देशन दिनेछन् ।१२ बजेदेखि १ बजेसम्म खानाको समय दिइएको छ । १ बजे समूह निर्माण र गतिविधिबारे मेघ आले र अनिल चित्रकारलगायतले यसलाई सम्पन्न गर्नेछन् ।

१ बजेर ३० मिनेटदेखि २ बजेसम्म आधा घण्टा पुनः उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् । दिउँसो २ बजेपछि ४५ मिनेट संसदको संरचना तथा कार्यप्रणाली : संसदका अधिकार र जिम्मेवारीको विषयमा पूर्वसचिव सुरेश अधिकारीको प्रस्तुति रहने छ ।

अर्को प्रस्तुति पूर्व कानुन सचिव तोयानाथ अधिकारीको छ । उनले संघीय संसदमा कानून निर्माण प्रक्रियामा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् ।

दिउँसो ४ बजे चियाको विक्रामपछि आइटी विज्ञ डा। दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमबारे प्रस्तुति दिनेछन् । ४ बजेपछि रास्वपाका सांसदहरुले अनुभव सुनाउने छन् । अनुभव सुनाउनका लागि अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठलाई १०–१० मिनेटको समय दिइएको छ ।

साँझ ६ बजेदेखि ७ बजेसम्म चुनावी प्रतिवेदन प्रस्तुति र समूहगत छलफल हुनेछ । १५ समूह बनाएर छलपष्mल गर्ने कार्यतालिका छ । साँझ ७ बजेदेखि राति १० बजेसम्म परिचयात्मक कार्यक्रम र खानाको व्यवस्था भएपछि पहिलो दिनको कार्यक्रम सकिने छ ।

प्रकाशित: ३ चैत २०८२ ९:४५ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast