केही स्थानमा चट्याङ र असिनाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस ५ चैत २०८२ ६:१८ | Thursday, March 19, 2026
12
SHARES
केही स्थानमा चट्याङ र असिनाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्यांग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast