काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो।
टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरू खेतबारी बारी गोरुलेझैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन्। सानैमा बुबाआमा बिते पनि उनीहरूको माया ममता भनेको दाजु नै हो।
आमा बुबाको माया नपाएका तीन भाइमध्ये एक दाजु विनोदसँग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाइ विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गरेकाे छ।
मधुसुदन भट्टराई निर्देशित फिल्ममा अन्य कलाकार लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई, शुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्ट्स् को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। फिल्म आगामी चैत १३ देखि प्रदर्शन हुने छ।
यस्ताे छ टिजर





