लगातार घट्दैछ सुनको मूल्य

हिमाल प्रेस ५ चैत २०८२ १०:५६ | Thursday, March 19, 2026
22
SHARES
लगातार घट्दैछ सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो। महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

१० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ । सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित: ५ चैत २०८२ १०:५६ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast