ह्वात्तै बढ्यो सुनको भाउ

हिमाल प्रेस १८ फागुन २०८२ ११:०९ | Monday, March 2, 2026
20
SHARES
ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौँ- सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको जनाएको हो। हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ थियो।

दुई दिनमा सुनको भाउ तोलामा ११ हजार २ सय रुपैयाँ बढेको छ। गत साताको सोमबारदेखि बिहीबारसम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार ९ सय रुपैयाँमा झरेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदीको भाउ आज तोलाको ६ हजार २० पुगेको छ। हिजो चाँदीको भाउ तोलामा २५४ रुपैयाँ बढेको थियो।

प्रकाशित: १८ फागुन २०८२ ११:०९ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast