मिलन कार्कीको निर्देशनमा मञ्चन हुँदै नाटक ‘चरणदास चोर’

हिमाल प्रेस २७ फागुन २०८२ १६:२१ | Wednesday, March 11, 2026
26
SHARES
मिलन कार्कीको निर्देशनमा मञ्चन हुँदै नाटक ‘चरणदास चोर’

काठमाडौँ- भारतीय नाटककार हबीब तनवीरको चर्चित नाटक ‘चरणदास चोर’ नेपालमा मञ्चन हुने छ। नाटक मिलन कार्कीको निर्देशनमा मञ्चन हुने लागेको हो।

नाटक थापागाउँस्थित मण्डला थिएटरमा फागुन २८ अर्थात् भोलिदेखि मञ्चन सुरु हुने निर्देशक कार्कीले बताए। उनका अनुसार नाटकमा सामाजिक व्यङ्ग्य, लोक-शैली र गहिरो नैतिक प्रश्नहरूको संयोजन छ।

नाटकको एक पोस्टर पनि सार्वजनिक गरिएको छ। नाटकमा मण्डला थिएटर ल्याब १८ औँ ब्याचका विद्यार्थीहरूले अभिनय गरेका छन्। नाटककाे नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन्।

नाटक आगामी चैत ११ गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे।

मण्डला थिएटर नेपालले यसअघि नै नेपालमा विभिन्न चरणहरूमा नाटक मञ्चन गरिसकेको छ। सुरुमा यो नाटक राजन खतिवडाले निर्देशन गरेको थिएटरले जनाएको छ। त्यसपश्चात विकास जोशीले यसलाई नयाँ दृष्टिकोणसहित प्रस्तुत गरेका थिए।

दक्षिण एसियाली रंगमञ्चमा यो नाटकले विशिष्ट पहिचान स्थापित गरेको बताइएको छ।

प्रकाशित: २७ फागुन २०८२ १६:२१ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast