रातिबाट सुरु हुनेछ मौनअवधि, प्रचारप्रसारको अन्तिम दिन आज

हिमाल प्रेस १८ फागुन २०८२ ६:५६ | Monday, March 2, 2026
8
SHARES
रातिबाट सुरु हुनेछ मौनअवधि, प्रचारप्रसारको अन्तिम दिन आज

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।

सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने छ ।

प्रकाशित: १८ फागुन २०८२ ६:५६ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast