खामेनी शासन अन्त्य भित्रको अन्तर्य

हिमाल प्रेस १९ फागुन २०८२ १३:३७ | Tuesday, March 3, 2026
26
SHARES
खामेनी शासन अन्त्य भित्रको अन्तर्य अमेरिकी-इजरायली आक्रमणमा मारिएका आयतोल्लाह अली खामेनी।

तेहरानको पास्चर स्ट्रिट नजिक शनिबार इजरायली हवाई आक्रमणमा आयतोल्लाह अली खामेनी मारिएका थिए। वरिष्ठ इरानी अधिकारीहरूका उच्च तालिमप्राप्त र निष्ठावान अंगरक्षक तथा चालकहरू काममा आउँदा इजरायलले उनीहरूलाई निगरानी गरिरहेको थियो। यस विषयमा जानकार दुई व्यक्तिका अनुसार तेहरानका प्रायः सबै ट्राफिक क्यामेरा वर्षौँदेखि ह्याक गरिएका थिए। तिनका तस्बिर ‘इन्क्रिप्ट’ गरी तेलअविभ र दक्षिणी इजरायलस्थित सर्भरमा पठाइन्थ्यो।

तीमध्ये एक क्यामेराको कोण विशेष रूपमा उपयोगी साबित भएको थियो। त्यसले ती सुरक्षाकर्मीहरूले आफ्ना निजी सवारीसाधन कहाँ पार्क गर्न रुचाउँथे भन्ने पत्ता लगाउन मद्दत गर्‍यो र कडा सुरक्षाबीच रहेको परिसरको सामान्य गतिविधिमाथि निगरानी गर्न सहज बनाइदियो।

ती सुरक्षाकर्मीको फाइलमा जटिल एल्गोरिदमले थप विवरण समावेश गर्थे-जसमा उनीहरूको ठेगाना, कार्यालय समय, काममा जाने बाटो र सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूले सामान्यतः कसलाई सुरक्षा तथा यातायात सेवा दिन्थे भन्ने जानकारी हुन्थ्यो। यसरी खुफिया अधिकारीहरूले ‘जीवन ढाँचा’ भन्ने विस्तृत प्रोफाइल तयार पारेका थिए।

यी क्षमता वर्षौँ लामो खुफिया अभियानका हिस्सा थिए, जसले आयतोल्लाहको हत्या सम्भव बनाउने आधार तयार गर्‍यो। वास्तविक समयमा उपलब्ध हुने यस्तो डेटामात्रै पर्याप्त थिएन। इजरायल र अमेरिकी केन्द्रीय गुप्तचर निकाय सीआईएले ८६ वर्षीय खामेनी शनिबार बिहान ठ्याक्कै कुन समयमा कार्यालयमा हुने र कोको उनीसँग रहने भन्ने समेत निर्धारण गर्न सकेका थिए।

पास्चर स्ट्रिट वरिपरिका करिब दर्जन मोबाइल टावरका केही भाग अवरुद्ध गरेर फोन व्यस्त देखाइदिनु र सम्भावित चेतावनी सन्देश सुरक्षाकर्मीहरूलाई नपुग्ने बनाउनु पनि रणनीतिक कदम थियो। ‘बम खस्नुअघि नै हामीले तेहरानलाई यति राम्रोसँग चिन्थ्यौँ, जति हामी जेर’सेलमलाई चिन्छौँ’, इजरायली ख’फिया एजेन्सीका एक अधिकारीले भने, ‘जब कुनै ठाउँलाई तपाईंले आफू हुर्किएको गल्लीजस्तै चिन्न’ह’न्छ, त्यहाँको सानो असामान्य कुरासमेत देख्न सक्नुहुन्छ।’

तेहरानको यस्तो सघन खुफियाचित्र लामो समयको डेटा संकलनबाट बनेको थियो। यो इजरायलको प्रभावकारी सिग्नल इन्टेलिजेन्स युनिट ८२००, विदेश खुफिया निकाय मोसादले भर्ती गरेका मानवीय स्रोत र सैन्य खुफियाले प्रशोधन गर्ने विशाल डेटा भण्डारमार्फत सम्भव भएको थियो।

इजरायलले सामाजिक सञ्जाल विश्लेषण नामक गणितीय विधि प्रयोग गरी अर्बौँ डेटाबाट निर्णय-निर्माणका केन्द्रहरू पहिचान गरेको र नयाँ लक्ष्य छानोट गरेको बताइएको छ। यी सबै प्रक्रियाको अन्तिम उत्पादन एउटै थियो-लक्ष्य। इजरायली सैन्य रिजर्भका ब्रिगेडियर जनरल इताई सापिराले भने, ‘इजरायली खुफिया संस्कृतिमा लक्ष्य निर्धारण सबैभन्दा आवश्यक सामरिक पक्ष हो। निर्णयकर्ताले कसैलाई मार्न’पर्छ भने हामी लक्ष्यसम्बन्धी ख’फिया जानकारी उपलब्ध गराउँछौँ।’

इजरायलले विगतमा विदेशमा सयौँ व्यक्तिको हत्या गरेको छ-लडाकु समूहका नेता, आणविक वैज्ञानिक, रासायनिक इन्जिनियर, साथै निर्दोष सर्वसाधारण पनि। तर खामेनीजस्ता राजनीतिक तथा धार्मिक नेताको हत्या गरेर दीर्घकालीन रणनीतिक लाभ कति मिल्यो भन्ने विषय इजरायलभित्र र बाहिर तीव्र बहसको विषय बनेको छ।

गत जुनमा भएको १२ दिने य’द्धमा इजरायलको ख’फिया प्रभुत्व स्पष्ट देखिएको थियो। त्यति बेला जहाँ दर्जनभन्दा बढी इरानी आणविक वैज्ञानिक र उच्च सैनिक अधिकारी केही मिनेटमै मारिएका थिए। त्यस क्रममा साइबर आक्रमण, साना दूरीका ड्रोन र इरानबाहिरबाट प्रहार गरिएका हतियारमार्फत इरानको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको थियो। ‘हामीले पहिले उनीहरूको आँखा बन्द गर्‍यौँ’, एक अधिकारीले भने।

इजरायली पाइलटहरूले स्प्यारो नामक क्षेप्यास्त्र प्रयोग गरेका थिए, जसका केही भेरियन्टले एक हजार किलोमिटरभन्दा टाढाबाट डाइनिङ टेबलजत्रो सानो लक्ष्यमा प्रहार गर्न सक्छन्। धेरै वर्तमान तथा पूर्वखुफिया अधिकारीहरूको भनाइ छ-खामेनीको हत्या प्राविधिक उपलब्धि नभई राजनीतिक निर्णय पनि थियो। सीआईए र इजरायलले शनिबार बिहान खामेनी आफ्नो कार्यालयमा बैठक बस्ने पुष्टि गरे, त्यो अवसर अत्यन्त अनुकूल ठहरियो।

युद्ध सुरु भइसकेपछि उनीहरूलाई पछ्याएर मार्न गाह्रो हुने आँकलन गरिएको थियो किनभने इरानी अधिकारीहरू तुरुन्तै भूमिगत बंकरमा सर्ने सम्भावना थियो। खामेनी आफ्ना सहयोगी हिज्ब’ल्लाह नेता हसन नस्रल्लाहजस्तै सधैँ लुकेर बस्दैनथे। नस्रल्लाहले वर्षौँ भूमिगत बंकरमा बिताएका थिए। उनी सेप्टेम्बर २०२४ मा बेरुतमा भएको बम प्रहारबाट मारिएका थिए।

खामेनीले सार्वजनिक रूपमा आफ्नो सम्भावित हत्या र सहादतका विषयमा टिप्पणी गरेका थिए। तर युद्धकालमा उनले केही सावधानी अपनाएका थिए। ‘उनी बंकरमै भएका भए इजरायलले अहिलेका बममार्फत पुग्न सक्दैनथ्यो’, एक स्रोतले भन्यो।

यद्यपि २०२५ जुनमा पूर्ण युद्धको क्रममा पनि इजरायलले खामेनीलाई लक्ष्य बनाएको थिएन। त्यतिबेला इरानी रिभोल्युसनरी गार्ड्स, क्षेप्यास्त्र भण्डार र आणविक पूर्वाधार लक्षित गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला साता इरानमाथि आक्रमणको चेतावनी दिएका थिए, तर आणविक कार्यक्रमबारे अमेरिका-इरान वार्ता जारी रहने अपेक्षा गरिएको थियो। ओमानले इरान वार्तामा केही सहमति गर्न तयार रहेको जनाएको थियो।

अन्ततः आक्रमणको निर्णय राजनीतिक तहमा भएको बताइन्छ। इजरायली सैन्य सिद्धान्तअन’सार उच्च मूल्यको लक्ष्यमा आक्रमण गर्दा दुई वरिष्ठ अधिकारीले स्वतन्त्र रूपमा स्थान र पहिचान पुष्टि गर्नुपर्छ। यस प्रकरणमा सिग्नल इन्टेलिजेन्स र ह्याक गरिएका क्यामेरा तथा मोबाइल सञ्जालबाट प्राप्त सूचनाले बैठक तालिकाअन’सार भइरहेको देखाएको थियो।

अमेरिकी पक्षसँग मानवीय स्रोतबाट थप ठोस सूचना रहेको बताइएको छ, यद्यपि सीआईएले टिप्पणी गर्न अस्वीकार गरेको छ। यसले इजरायली जेटहरूलाई दर्जनौँ सटीक बम प्रहार गर्न सक्षम बनायो। इजरायली सेनाले बिहानको समयमा प्रहार गर्दा सामरिक आश्चर्य हासिल भएको जनाएको छ।

पूर्व मोसाद अधिकारी सिमा साइनका अनुसार यो सफलता दुई घटनाको परिणाम थियो-सन् २००१ मा पूर्वप्रधानमन्त्री एरियल सेरोनले मोसाद प्रमुख मेइर डागानलाई इरानलाई प्राथमिक लक्ष्य बनाउन दिएको निर्देशन र ७ अक्टोबर २०२३ मा हमासको सीमा आक्रमणपछि इजरायलको दीर्घकालीन नीति परिवर्तन।

इजरायलले विगतमा इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने, वैज्ञानिक हत्या गर्ने र उसका प्रतिनिधि समूहविर’द्ध कारबाही गर्ने जस्ता कार्य गर्दै आएको छ। तर इरानी खुफिया निकाय पनि शक्तिशाली प्रतिद्वन्द्वी साबित भएका छन् जसले २०२२ मा मोसाद प्रमुखकी श्रीमतीको फोनबाट डेटा चुहाएको दाबी गरेका थिए।

विदेशी नेताको हत्या संवेदनशील र जोखिमपूर्ण विषय हो। असफलता भए प्रतिष्ठा बढ्न सक्छ, सफलताले अनपेक्षित अराजकता निम्त्याउन सक्छ। साइन भन्छिन्, ‘हिब्र’ भाषामा हामी भन्छौँ-खाना बढेसँगै भोक बढ्छ।’ अर्थात् जति धेरै सफलता मिल्छ, त्यति धेरै चाहना बढ्छ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: १९ फागुन २०८२ १३:३७ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast