हालसम्मकै उच्च मूल्यमा पुगेर स्थिर बन्यो डलर

हिमाल प्रेस ८ चैत २०८२ ६:३७ | Sunday, March 22, 2026
6
SHARES
हालसम्मकै उच्च मूल्यमा पुगेर स्थिर बन्यो डलर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो उच्च दरमा बढेका सबैजसो विदेशी मुद्राको विनिमयदर आज स्थिर छ। मूल्य बढेर हिजो अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको थियो। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ ५२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा छ। आज कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast