‘परालको आगो’ काे पाेस्टरमा सुहाना, सौगात र प्रकाशकाे फरक चरित्र

हिमाल प्रेस १७ फागुन २०८२ १५:२० | Sunday, March 1, 2026
10
SHARES
‘परालको आगो’ काे पाेस्टरमा सुहाना, सौगात र प्रकाशकाे फरक चरित्र

काठमाडौँ- फिल्म ‘परालको आगो’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत चारित्रिक पहिरनमा देखिएका छन्।

सुहानाले सिउँदोमा सिन्दुर र निधारमा टीका लगाएकी छन्। प्रकाशले घुम ओडेर छन्, सौगात मल्ल गम्भीर मुद्रामा उभिएका छन्। तीनजनाकै तस्बिरले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

साथै तस्बिरको अँध्यारो पृष्ठभूमि र आगोको झिल्कोले प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने सक्ने संकेत गर्छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्म आगामी नयाँ वर्ष वैशाख ११ देखि प्रदर्शन हुनेछ।

फिल्ममा सौगात, प्रकाश र सुहानाका अलवा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायत कलाकारले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्सको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्।

फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको हो। मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

प्रकाशित: १७ फागुन २०८२ १५:२० | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast