वाणिज्य विभागले गर्‍यो २ फर्मलाई ५ हजार र एउटा फर्मलाई १० हजार जरिवाना

हिमाल प्रेस ११ चैत २०८२ ६:५८ | Wednesday, March 25, 2026
10
SHARES
वाणिज्य विभागले गर्‍यो २ फर्मलाई ५ हजार र एउटा फर्मलाई १० हजार जरिवाना

काठमाडौँ- स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई  ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ। ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ।

स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।

थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

 

प्रकाशित: ११ चैत २०८२ ६:५८ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast