नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण छ : दिनेश डिसी

हिमाल प्रेस ४ चैत २०८२ ११:२२ | Wednesday, March 18, 2026
28
SHARES
नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण छ : दिनेश डिसी

काठमाडौँ- नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए।

बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘भ्वाइस एक्टिङ र डबिङ प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो। यसलाई सशक्त बनाउन सके नेपाली फिल्मले नयाँ बजार र नयाँ दर्शक प्राप्त गर्न सक्छ।’

तालिम प्रशिक्षकमा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दी थिए।

प्रमुख प्रशिक्षक अमित देओन्दीले नेपाली सहभागीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै भविष्यमा अझ उन्नत सहकार्यको सम्भावना रहेको बताए। उनले भने, ‘नेपाली कलाकारहरूमा अद्भुत क्षमता छ। सही प्रशिक्षण र निरन्तर अभ्यासले यहाँको भ्वाइस एक्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिन्छ।’

तालिमबाट १ सय ७४ जना प्रशिक्षार्थी लाभान्वित भएको बोर्डले जनाएको छ। तालिममा सहभागीहरूलाई भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड इडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो।

सहभागीहरूले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने खालको भएको प्रतिक्रिया दिए।

बोर्डका अनुसार उक्त तालिमले नेपाली फिल्म क्षेत्रमा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर सुधार गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ चैत २०८२ ११:२२ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast