रास्वपाले चितवनमा प्रयोग गरेको ‘ब्लुबस सेवा’ बालेनको कार्ययोजनामा

हिमाल प्रेस १५ चैत २०८२ ६:५८ | Sunday, March 29, 2026
16
SHARES
रास्वपाले चितवनमा प्रयोग गरेको ‘ब्लुबस सेवा’ बालेनको कार्ययोजनामा

काठमाडौँ- सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न देशका सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।

शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा यस्ता बसहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको हो।

महिलाहरूलाई सार्वजनिक यातायातमा सहज र सुरक्षित पहुँच पुर्‍याउने उद्देश्यले यो विशेष सेवा सुरु गर्न लागिएको सरकारले जनाएको छ। यसअघि रास्वपाले चितवनमा ब्लु बस सेवा सञ्चालन गरेतापनि अहिले बन्द छ। बालेन शाह सरकारले यसलाई प्राथमिकता दिँदै देशभर पुर्‍याउन खोजेको छ।

प्रकाशित: १५ चैत २०८२ ६:५८ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast