काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढेको छ। काठमाडौँ उपत्यकाको न्यनूतम तापक्रम शनिबारभन्दा आइतबार झन्डै ३ डिग्री सेल्सियस घटेको हो। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ।
शनिबार सुरुवाती मापनमा ११.३ डिग्री देखिएको काठमाडौँको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि यही कायम रह्यो।
प्रकाशित: ८ चैत २०८२ ६:३९ | Sunday, March 22, 2026
प्रतिक्रिया




