पोलबाट खसेर प्राविधिकको मृत्यु

हिमाल प्रेस १० चैत २०८२ ६:५७ | Tuesday, March 24, 2026
6
SHARES
पोलबाट खसेर प्राविधिकको मृत्यु

काठमाडौँ- बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने १८ वर्षीय भुवन चेपाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार नेटफिलिक्सको इन्टरनेट तार जोड्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका चेपाङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो।

 

प्रकाशित: १० चैत २०८२ ६:५७ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast