टक्सार हाइड्रोपावरले आजदेखि आईपीओ बिक्री गर्ने

हिमाल प्रेस २७ फागुन २०८२ ९:५६ | Wednesday, March 11, 2026
2
SHARE
टक्सार हाइड्रोपावरले आजदेखि आईपीओ बिक्री गर्ने

काठमाडौँ- टक्सार पिखुवा खोला हाइड्रोपावरले आज (बुधबार)देखि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५।२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रूपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १२ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ करोड ३ लाख ६ हजार ७०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृित प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गर्नेछ।

१ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

प्रकाशित: २७ फागुन २०८२ ९:५६ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast