न्युुजिल्यान्डको जितमा ओपनर फिन एलेनले ऐतिहासिक इनिङ्स खेले। फिनले विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक बनाउने खेलाडीमा आफ्नो नाम लेखाए। ३३ बलमा उनले १० चौका र ८ छक्कासहित १०० रन बनाए।
त्यस्तै अर्का ओपनर टिम सेइफेर्टले ५८ रनको पारी खेले। तेस्रो नम्बरमा आएका रचीन रवीन्द्रले १३ रनको योगदान गरे।
दक्षिण अफ्रिकाका लागि एक मात्र विकेट कगिसो रबाडाले लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो।
दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याटर मार्को जेनसेनले अर्धशतकीय पारी खेले। उनी ३० बलमा दुई चौका र पाँच छक्कासहित ५५ रनमा अविजित रहे। त्यस्तै चौथो नम्बरका डिवाल्ड ब्रेभिसले ३४ र छैटौं नम्बरमा आएका ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे।
यसबाहेक ओपनर तथा कप्तान ऐडेन मारक्रमले १८ र विकेटकिपर ब्याटर क्विन्टन डिककले १० रन बनाए।
न्युजिल्यान्डका लागि म्याट ह्यारी, कोल म्याककोन्ची र रचिन रवीन्द्रले समान दुई विकेट लिए। एक विकेट लोकी फग्र्युसन र जिमी निसमको नाममा पनि रह्यो।
विश्वकपले १०औं संस्करण पार गर्नै लाग्दा न्युजिल्यान्डले दोस्रो पटक फाइनल खेल्नेछ। यसअघि न्युजिल्यान्डले सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न सातौं संस्करणमा फाइनलमा स्थान बनाएको थियो।
अब न्युजिल्यान्डले आइतबार हुने फाइनलमा इङ्ल्यान्ड र भारतबीचको विजेतासँग खेल्नेछ।





