टी २० विश्वकप २०२६ : भारत सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

हिमाल प्रेस १८ फागुन २०८२ ६:१८ | Monday, March 2, 2026
8
SHARES
टी २० विश्वकप २०२६ : भारत सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

काठमाडौँ- भारत आईसीसी टी २० विश्वकप २०२६ को सेमिफाइनल प्रवेश गरेको छ। आइतबार बेलुका वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनल पुगेको हो।

सेमिफाइनल पुग्नका लागि निर्णायक खेलमा भारतसँग पराजित भएपछि वेस्ट इन्डिज सुपर ८ बाट बाहिरिएको छ। सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य भारतले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

भारतका लागि विष्फोटक ब्याटिङ गरेका ओपनर सञ्जु सामसनले सर्वाधिक ९३ रनको अविजित पारी खेले। उनले ५० बलमा १२ चौका र ४ छक्का प्रहार गरे।शिवम दुवे ८ रनमा नटआउट रहे। तिलक बर्मा २७ रन बनाउँदा क्याच आउट भए। कप्तान सुर्य कुमार यादव १८ रन बनाउदा क्याच आउट नै हुन पुगे। हार्दिक पाण्डेय १७ रनमा क्याच आउट भए। अविशेक शर्मा र इसान किसान समान १० रन बनाउँदै पेभेलियन फर्के।

त्यसअघि कोलकताको इडेन गार्डेनमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रनको योगफल तयार पारेको थियो।

वेस्ट इन्डिजका लागि रोभमन पोवेल ३४ र जेसन होल्डर ३७ रनमा नटआउट रहे। जेसनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। पोवेलले १९ बलमा ३ चौका र २ छक्का हाने। ओपनर तथा कप्तान साइ होप ३३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३२ रन बनाउँदा बोल्ड आउट हुन पुगे।

अर्का ओपनर रोष्टन चेस २५ शलमा ५ चौका र १ छक्का सहयोगमा ४० रन बनाउँदा क्याच आउट हुन पुगे। सिमरन हेटमायरले २७ र सेरफाने रुदरफोर्डले १४ रन थपे।

प्रकाशित: १८ फागुन २०८२ ६:१८ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast