काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि माघ २ गते उनले लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।
सर्वोच्चले माघ २ मा भएको निर्णय झिकाएर पेस गर्ने आदेश दिएको हो।

प्रकाशित: ५ चैत २०८२ १७:४७ | Thursday, March 19, 2026
प्रतिक्रिया





