सुपर खुदीको आईपीओ बाँडफाँट

हिमाल प्रेस १७ फागुन २०८२ १४:०५ | Sunday, March 1, 2026
10
SHARES
सुपर खुदीको आईपीओ बाँडफाँट

काठमाडौँ- सुपर खुदी हाइड्रोपावरको आईपीओ आज (आइतबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

यसमा कुल २६ लाख २० हजार ३४१ जना आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने ३९ हजार ८७१ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

 

प्रकाशित: १७ फागुन २०८२ १४:०५ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast