इटहरी- सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा निर्वाचित भएका छन्। उनले ५७ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे। यसै गरी नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरे। नेकपाबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी १ हजार ८१६ मतमा सीमित भइन्।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका थिए। सुनसरी २ मा कुल १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको थियो।
प्रकाशित: २४ फागुन २०८२ १७:४१ | Sunday, March 8, 2026
प्रतिक्रिया





