‘परालको आगो’ काे गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ मा सुहानाकाे प्रशंसा

हिमाल प्रेस ८ चैत २०८२ १६:०३ | Sunday, March 22, 2026
30
SHARES
‘परालको आगो’ काे गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ मा सुहानाकाे प्रशंसा

काठमाडौँ- फिल्म ‘परालको आगो’ मा रिमेक गरिएको गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ दर्शकले रुचाएका छन्। युट्युबमा सार्वजनिक भएको ६ दिनमै गीतले करिब १२ लाख भ्युज बटुलिसकेको छ।

साथै दर्शकले अभिनेत्री सुहाना थापाको अभिनयको समेत तारिफ गरेका छन्। गीतकाे भिडियाेमा उनी ग्रामीण भेगकी महिलाकाे भूमिकामा देखिएकी छन्। चाेलाे र सारी लगाएकी सुहानालाई कतिपयले अभिनेत्री झरना थापाको अर्को रूप समेत भनेका छन्। युट्युब कमेन्टमार्फत सुहाना र प्रकाश सपुतको जोडी मिलेको समेत बताएका छन्।

रेनुका घलानले कमेन्टमा सुहानालाई भिडियोमा सुहाएको प्रतिक्रिया दिएकी छन्। उनी लेख्छिन्,‘कति राम्रो सुहाएको यो पहिरनमा सुहानालाई।’

समिर सुनारले पनि गीतमा अभिनय गरेका प्रकाश सपुत र सुहाना थापाकै प्रशंसा गरेका छन्। सुक्र पुनले ‘झरना भन्दा पनि राम्री लाग्यो’ भन्दै सुहानाको पहिरन र अभिनयको तारिफ गरेका छन्, ‘वास्तविक गाउँले युवतीको भूमिका सुहानालाई सुहायाे। अभिनय राम्रो लाग्यो,’ उनले लेखेका छन्।

रिमेक भर्सनमा पनि दर्शकले रुचाउनुलाई फिल्मका निर्माता सुशील पोखरेल एक किसिमको सफलता ठान्छन्। ‘गीत दर्शकले मन पराउनुले हामी फिल्मकर्मी उत्साहित छौँ,’उनले भने, ‘छोटो समयमा दर्शकले रुचाइदिनुभएको छ। यो माया र साथको लागी धेरै धेरै धन्यवाद।’

४५ वर्षअघि निर्माण भएको पुरानो फिल्म ‘परालको आगो’ को रिलिजका समयमा पनि उतिकै चर्चामा रहेको थियो। यो गीत अहिले पनि नयाँ पुराना पुस्तालाई उतिकै मन छोएको देखिन्छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। दर्शकले उनीहरुको अभिनयलाई मन पराउनुका साथै गीतका टुक्काहरूमा टिकटक तथा फेसबुक रिल्स समेत बनाएका छन्।

शान्ती ठटालको संगीत रहेको गीत निशु शर्माले गाएकी छन्। गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएको गीत अहिले पनि उतिकै सान्दर्भिक रहेको छ। गीतको शब्द मन बहादुर मुखियाले लेखेका हुन्।

फिल्म आगामी वर्ष २०८३ वैशाख ११ देखि प्रदर्शन हुनेछ। सुशील पोखरेलको लगानीमा निर्माण भएको फिल्मका निर्देशक भने लक्ष्मण सुनार हुन्।

‘परालको आगो’ मा चर्चित गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ रिमेक [भिडियोसहित]

प्रकाशित: ८ चैत २०८२ १६:०३ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast