काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा १ का सांसद सुदन गुरूङले चुनावमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।
उनले सबैभन्दा बढी प्रचारप्रसार सामग्रीका लागि खर्च गरेका थिए। प्रचारप्रसार सामग्रीका लागि ५ लाख ५२ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको उनले विवरण पेस गरेका छन्। सुदन नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई हराउँदै फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।
उनले सांसद भएबापतको सेवासुविधा नलिने घोषणा पनि गरेका छन्।
प्रकाशित: ४ चैत २०८२ १३:४२ | Wednesday, March 18, 2026
प्रतिक्रिया





