सोबिता गौतम र इन्दिरा राना मन्त्री बन्ने सम्भावित सूचीमा

हिमाल प्रेस १० चैत २०८२ ११:०३ | Tuesday, March 24, 2026
36
SHARES
सोबिता गौतम र इन्दिरा राना मन्त्री बन्ने सम्भावित सूचीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १३ गते सरकार गठनसँगै मन्त्रीहरूको सूची टुंग्याउने तयारी गरेको छ।

पार्टीभित्रको छलफलअनुसार प्रधानमन्त्री बन्ने वरिष्ठ नेता बालेन्द्र शाहसँगै केही मन्त्रीहरू लगभग तय भइसकेका छन्।

अर्थमन्त्रीमा उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चितजस्तै देखिएका छन्। सुनील लम्साल पनि मन्त्री बन्ने पक्का भए पनि उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ।

उनलाई भौतिक पूर्वाधार तथा यातायात वा गृह मन्त्रालयमध्ये एक जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ।

महिला तर्फबाट ३-४ जना मन्त्री बनाउने तयारी छ। सोबिता गौतम र इन्दिरा राना मन्त्री बन्ने सम्भावित सूचीमा छन्।

मन्त्रिपरिषद् १५ सदस्यीय आसपास बनाउने तयारी भइरहेको र बाँकी मन्त्रीहरूको टुंगो लगाउन शीर्ष नेताबीच छलफल जारी छ।

यस्तैबीच रास्वपाले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकले संसदीय दलको नेताका विषयमा निर्णय गर्नेछ।

यसअघिको सहमतिअनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता बालेन्द्र शाहलाई बनाउनेछ।

प्रकाशित: १० चैत २०८२ ११:०३ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast