निर्वाचनपछि राजनीतिमा नयाँ पुस्ताको उल्लेख्य प्रवेश : भट्टराई

हिमाल प्रेस ८ चैत २०८२ १०:११ | Sunday, March 22, 2026
14
SHARES
निर्वाचनपछि राजनीतिमा नयाँ पुस्ताको उल्लेख्य प्रवेश : भट्टराई

काठमाडौँ-  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेख्य प्रवेश भएको पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन्।

उनले पुस्तान्तरण अब अपरिवर्तनीय बनेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले युवा नेतृत्वको उदयसँगै राजनीतिको दिशा बदलिएको संकेत गरेका हुन्।

भट्टराईले लेखेका छन्,‘२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ!’

उनले युवा सहभागितालाई विशेष रूपमा उल्लेख गर्दै थपे, ‘४० वर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८% हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल/नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो!’

प्रकाशित: ८ चैत २०८२ १०:११ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast