कपिलबस्तुमा गोली चल्यो

हिमाल प्रेस ७ चैत २०८२ २०:४३ | Saturday, March 21, 2026
44
SHARES
कपिलबस्तुमा गोली चल्यो

बुटवल– महाराजगन्ज नगरपालिकामा निषेधाज्ञा उल्लघन गर्दै प्रर्दशन हुन थालेपछि प्रहरीले गोली चलाएको छ। प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो।

प्रदर्शनका क्रममा प्रहरीसमेत गरी २१ जना घाइते भएका छन्।

दुई समुदायबीच विवाद भएको ठाउँ बर्गदागाउँभन्दा पश्चिम महाराजगन्ज नगरपालिका–६, जिगना चौराहामा विरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले तीन जना घाइतेको भैरहवामा उपचारका लागि लगिएको र बाँकीको सामान्य उपचार जिल्ला अस्पतालमै गरिएको बताए।

निषेधाज्ञापछि पनि प्रदर्शन भईरहेकाले स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको उनले बताए। प्रहरीतर्फ प्रदर्शनकारीको ढुंगा लागेर दुई जना घाइते भएका छन्। घाइतेको विवरण संकलन भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शनिबार मुस्लिम समुदायको ईदमा मस्जिदमा नमाज पढ्ने क्रममा विवाद हुँदा उग्रररूप लिएपछि ढुंगा हानाहान भएको थियो। घटनापछि निमित्त प्रजिअ घिमिरेले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन्। स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेज्ञाषा जारी गरेको हो।

प्रकाशित: ७ चैत २०८२ २०:४३ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast