शिखर पावरको आईपीओ बाँडफाँट

हिमाल प्रेस ३ चैत २०८२ ११:४७ | Tuesday, March 17, 2026
6
SHARES
शिखर पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- शिखर पावर डेभलपमेन्टको आईपीओ आज (मंगलबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

यसमा कुल २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रूपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ जारी गरेको थियो।

प्रकाशित: ३ चैत २०८२ ११:४७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast