एमालेका सात कार्यकर्ता पक्राउ

हिमाल प्रेस १४ चैत २०८२ २०:२० | Saturday, March 28, 2026
52
SHARES
एमालेका सात कार्यकर्ता पक्राउ

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो। प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्।

त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए।

शनिबार अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए। काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेटअगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

प्रकाशित: १४ चैत २०८२ २०:२० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast