यातायात कार्यालय सानो भर्‍याङबाट सात बिचौलिया पक्राउ

हिमाल प्रेस १७ चैत २०८२ १६:५९ | Tuesday, March 31, 2026
20
SHARES
यातायात कार्यालय सानो भर्‍याङबाट सात बिचौलिया पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१५, सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।

उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुबाट एक लाख २२ हजार नगद र ५३ थान ब्लुबुकसमेत बरामद भएको छ।

प्रकाशित: १७ चैत २०८२ १६:५९ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast