काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बिहीबार) वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ। साथै संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई चयन गर्ने प्रस्ताव पनि पारित भएको छ।
बालेनलाई संसदीय दलको नेतामा चयन गर्न सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको हो।
प्रकाशित: १२ चैत २०८२ १६:५२ | Thursday, March 26, 2026
प्रतिक्रिया




