फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने भएको छ। बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा संसदीय दलको नेताका विषयमा निर्णय गर्नेछ। सहमतिअनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान गर्नेछैन।
संसदीय दलको नेता पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बन्नेछन्। बैठकले सो सहमतिको अनुमोदन गर्नेछ।
प्रकाशित: ९ चैत २०८२ २१:३६ | Monday, March 23, 2026
प्रतिक्रिया




