काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दलको नेता छान्दैछन्। आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ र त्यसलगत्तै संसदीय दलको बैठकबाट नेता छान्दैछ। रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता छान्ने छ।
गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।
सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिए ।
प्रकाशित: १२ चैत २०८२ ७:०३ | Thursday, March 26, 2026
प्रतिक्रिया




