काठमाडौँ-६ र ८ मा पनि रास्वपाको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ ८:५० | Friday, March 6, 2026
8
SHARES
काठमाडौँ-६ र ८ मा पनि रास्वपाको अग्रता शिशिर खनाल

काठमाडौँ- काठमाडौँ क्षेत्र-६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ। क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।

यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा एमालेका अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। उनले सात हजार ६१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ ८:५० | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast