काठमाडौँ- ऋत बोहोराको निर्देशनमा बनेको फिल्म ‘कस्तुरी’ को छायांकन सकिएको छ। गाउँको केहि दृश्य र गीत बाहेक सम्पूर्ण छायांकन सकिएको निर्देशक बोहोराले जानकारी दिए।
आलोक शुक्लाको छायांकन गरेको फिल्म काठमाडौँ आसपासमा खिचिएको हो। निर्देशक बोहोराकाअनुसार फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्नेछ।
फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। अन्य कलाकार शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशीलगायतले अभिनय गरेका छन्।
निर्देशक बोहोराकै कथा रहेको फिल्मका निर्माता धीरज कुमार अग्रवाल हुन्। टेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।
प्रकाशित: ९ चैत २०८२ १५:०१ | Monday, March 23, 2026
प्रतिक्रिया




