माध्यमिक तह बढुवा लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

हिमाल प्रेस ११ चैत २०८२ ११:५३ | Wednesday, March 25, 2026
20
SHARES
माध्यमिक तह बढुवा लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक बढुवा पदका लागि लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगको सानोठिमी, भक्तपुरस्थित कार्यालयबाट मंगलबार प्रकाशित सूचनाअनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि छनोट गरिएको हो।

आयोगले विज्ञापन नं. ११/८२/८३ अन्तर्गत २०८२ माघ १७ गते सञ्चालन गरेको परीक्षामा विभिन्न जिल्लाबाट सहभागी भएका उम्मेदवारमध्ये योग्य ठहरिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै अन्तर्वार्ताको मिति, समय र स्थानसमेत तोकिएको जनाएको छ।

सूचनाअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, सोलुखुम्बु, खोटाङ, सप्तरी र सिराहा जिल्लाबाट सहभागी उम्मेदवारहरू अन्तर्वार्ताका लागि छनोट भएका छन्।

आयोगका अनुसार अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूले तोकिएको मिति र समयमै आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।

नतिजा

प्रकाशित: ११ चैत २०८२ ११:५३ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast