विद्यालयको नाम, स्थान तथा स्वामित्व परिवर्तनसम्बन्धी ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह

हिमाल प्रेस ८ चैत २०८२ १३:०९ | Sunday, March 22, 2026
28
SHARES
विद्यालयको  नाम, स्थान तथा स्वामित्व परिवर्तनसम्बन्धी ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको नाम, स्थान तथा स्वामित्व परिवर्तनसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ।

महानगरपालिकाका अनुसार केही संस्थागत विद्यालयहरूले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान तथा स्वामित्व परिवर्तन गरेको प्रमाणपत्रसहित सम्बन्धित विभागमा निवेदन दर्ता गराएका थिए।

उक्त निवेदनका आधारमा महानगरपालिकाले सम्बन्धित विद्यालयहरूको नाम, स्थान र स्वामित्व परिवर्तन प्रक्रियामा अघि बढाउनुअघि सार्वजनिक जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

महानगरपालिकाले सूचनामा उल्लेख गरिएका विद्यालयहरूको नाम, स्थान वा स्वामित्व परिवर्तनका सम्बन्धमा कुनै व्यक्ति वा संस्था पक्षबाट दाबी वा विरोध भएमा ३५ दिनभित्र आवश्यक प्रमाणसहित लिखित निवेदन पेस गर्न आह्वान गरेको छ।

निर्धारित समयभित्र कुनै दाबी वा विरोध नआएमा निवेदकको मागअनुसार प्रक्रिया अगाडि बढाइने महानगरपालिकाले बताएको छ।

प्रकाशित: ८ चैत २०८२ १३:०९ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast