जनसंख्याको आधारमा प्रतिनिधित्व जरूरी : उपराष्ट्रपति

हिमाल प्रेस ७ चैत २०८२ १८:१३ | Saturday, March 21, 2026
12
SHARES
जनसंख्याको आधारमा प्रतिनिधित्व जरूरी : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यको हरेक निकायमा जनसंख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्व गराउनका लागि पहल गर्न जरुरी रहेको बताएका छन्।

मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी, कूटनीतिक निकायलगायतका क्षेत्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउनका लागि थप पहल जरुरी रहेको बताएका हुन्।

भविष्यमा मुस्लिम आयोगले अझ प्रभावकारी ढंगले मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने समेत उनले बताए।

उनले मुस्लिम महिलाहरूलाई समाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने गरी सक्षम बनाउने कार्यक्रमहरू तथा विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन सद्भावमूलक कार्यक्रमहरू सञ्चालनमा जोड दिन आवश्यक रहेको धारणा राखे। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारका विशेष नीतिहरू मुस्लिम समुदायको समाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तिकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

उपराष्ट्रपति यादवले युवाहरूलाई अवसर प्रदान गर्ने, महिलाहरूलाई सशक्त बनाउने, समाजिक सद्भावलाई अझ मजबुत बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिन मुस्लिम आयोगलाई सुझावसमेत दिए।

प्रकाशित: ७ चैत २०८२ १८:१३ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast