सात महिनामा झण्डै ४० प्रतिशतले बढ्यो रेमिट्यान्स

हिमाल प्रेस २७ फागुन २०८२ १८:१२ | Wednesday, March 11, 2026
6
SHARES
सात महिनामा झण्डै ४० प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.८ प्रतिशतले बढेको छ। आज (बुधबार) राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिट्यान्स १२ खर्ब ६१ अर्ब एक करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो। २०८२ माघ महिनामा रेमिट्यान्स १ खर्ब ९८ अर्ब ८ करोड संकलन भएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ।

माघ महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको

सङ्ख्या २ लाख ४५ हजार १५३ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ छ।

प्रकाशित: २७ फागुन २०८२ १८:१२ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast