‘परालको आगो’ मा चर्चित गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ रिमेक [भिडियोसहित]

हिमाल प्रेस २ चैत २०८२ १५:३५ | Monday, March 16, 2026
24
SHARES
‘परालको आगो’ मा चर्चित गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ रिमेक [भिडियोसहित]

काठमाडौँ- फिल्म ‘परालको आगो’ मा चर्चित गीत ‘उडि जाऊँ भने, म पंक्षी होइन’ रिमेक गरिएको छ। फिल्म निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हाे।

शान्ती ठटालको संगीत रहेको गीत निशु शर्माले गाएकी छन्। गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन्।

लोकप्रिय गीत ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले गीत चार दशक अघि गाएकी थिइन्। जुन गीत अहिले पनि उत्तिकै चर्चित छ।

निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीत सार्वजनिक गरेको हाे। यस गीतको म्युजिक संयोजन विनोद भुजेलले गरेका छन्। गीतमा आफू बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत प्रस्तुत गरिएको छ। रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन्।

गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन्। यस गीतले फेरि पनि बेग्लै छाप छोड्न सक्ने निर्माण पक्षको विश्वास छ।

फिल्म आगामी वर्ष वैशाख ११ गतेबाट प्रदर्शन हुनेछ। फिल्म गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’बाट प्रेरित छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्म सुशील पोखरेलले लगानी गरेका हुन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।

लक्ष्मण सुनारले निर्देशन गरेको फिल्म संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, कनाल कुँवरको रंग संयोजनमा बनेको छ।

 ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले  फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: २ चैत २०८२ १५:३५ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast