पाथीभरामा संकलन सुन र चाँदी रिफाइन थालियो

हिमाल प्रेस ५ चैत २०८२ ६:४९ | Thursday, March 19, 2026
6
SHARES
पाथीभरामा संकलन सुन र चाँदी रिफाइन थालियो

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा संकलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो ।

तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो ।

कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइन सुरु गरिएको समितिले जनाएको छ । रिफाइनको कार्य सम्पन्न हुन करिब एक साता लाग्ने बताइएको छ ।

यसअघि रिफाइन गरिएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरि राखेको छ । जुन अहिले लिलामीको प्रक्रियामा छ । चाँदी भने यसअघि नै लिलामी भइसकेको समितिले जनाएको छ । पछिल्लो समयमा रिफाइन गरिएको सुन तथा चाँदी समेत लिलाम गर्ने योजनामा समिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast