काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ। वैशाख १४ गतेका लागि तारेख तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। लामिछाने आइतबार तारेख बुझ्न अदालत पुगेका थिए।
उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए। लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रूपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो।
प्रकाशित: १५ चैत २०८२ १३:२९ | Sunday, March 29, 2026
प्रतिक्रिया




